शनिबार, जेठ ५, २०८१

३७ अंकले नेप्से बढ्दा १ अर्ब २३ करोडको सेयर किनबेच

नेपालखोज २०७९ असार ७ गते १५:३८

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ४९ दशमलव ३१ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने ३७ दशमलव ४९ अंकले बढेर १९ सय २२ दशमलव ३० अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १८ अंकले बढेर तीन सय ७४ दशमलव ३७ अंकमा चढेको छ ।

दुई सय ३१ कम्पनीको २४ हजार नौ सय ८३ पटकको कारोबारमा ३७ लाख १२ हजार दुई सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसकारण कुल कारोबार रकम एक अर्ब २३ करोड ८५ लाख १८ हजार दुई सय एक रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार हुँदा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ८३ अंकले बढेर १३ सय ५० दशमलव ८० अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि एक सय २१ दशमलव ९४ अंकले बढेर तीन हजार दुई सय ५७ दशमलव ६० अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक ५७ दशमलव ९८ अंकले बढेर २१ सय ५० दशमलव ७३ अंकमा चढेको छ । यस्तै निर्जीवन बिमा समूहको सूचक एक सय ४९ दशमलव २४ अंकले बढेर सात हजार आठ सय दुई दशमलव ४४ अंकमा चढेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक दुई सय चार दशमलव २७ अंकले बढेर नौ हजार एक सय १३ दशमलव ७२ अंकमा चढेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर पाँच सय ५० रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नबिल ब्यालेन्स फन्ड २ प्रतियुनिट सेयर मूल्य दुई दशमलव ९३ प्रतिशतले घटेर नौ रुपैयाँ ६१ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता आठ सय ६८ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड ५९ लाख ७३ हजार छ सय ४९ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया