आइतबार, पुष ६, २०८२

सुनचाँदीको मूल्य घट्याे

नेपालखोज २०७९ असार ८ गते १०:४४

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ४ सयले घटर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको ४ सयले घटेको छ । आज तेजाबी सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाले घटेकाे छ । आज चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया