‘किसानलाई तुरुन्त मल-बीउको व्यवस्था गर, मलमा भइरहेको कालोबजारीको अन्त्य गर’

काठमाडौं । मूल्यवृद्धि र महँगीविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । संयुक्त किसान आन्दोलनले माइतीघरमा प्रदर्शन गरेको हो ।
किसान महासंघ र अखिल नेपाल किसान युनियनले बुधबार रासायनिक मलको अभाव, पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि र महँगीविरुद्ध संयुक्त रूपमा प्रदर्शन गरेको हो । आन्दोलनरत किसानहरुले बढ्दो महँगी नियन्त्रण गर, किसानलाई तुरुन्त मल-बीउको व्यवस्था गर, मलमा भइरहेको कालोबजारीको अन्त्य गरलगायत नारा लेखिएका प्लेकार्डहरु प्रदर्शनसमेत गरेका थिए ।
संयुक्त रूपमा प्रदर्शनमा उत्रिएका किसान संघहरुले विभिन्न माग राख्दै सरकारको विरोध गरेका छन् । यतिबेला नेपालका किसानहरु मूल्यवृद्धिको मारमा पर्दा किसान समस्या परेको प्रदर्शनकारीको दाबी छ । किसान मारा सरकारका कारण अहिले देशका किसानले मल र बीउको अभावमा पिल्सिनुपरेको आन्दोलनमा उत्रिएका किसानहरुको आरोप छ ।













तस्बिरहरु : उर्मिला नगाल/नेपालखोज








प्रतिक्रिया