शुक्रबार, चैत १६, २०८०

आज गायक रामकृष्ण ढकालको जन्मदिन होईन्, त्यसो भए के हो त सत्य कुरा ?

नेपालखोज २०७८ साउन ७ गते १८:४०

काठमाडौं । आज सुगम संगितका लोकप्रिय गायक रामकृष्ण ढकालको जन्म दिन, फेसबुकसहित अन्य माध्यमहरुमा आफ्ना यी प्रिय गायकलाई बधाई तथा शुभकामना दिनेको ओईरो नै लागेको छ । यद्यपि यो उनको असलि जन्मदिन भने होईन् ।

तपाईंलाई लाग्ला त्यसो भए फेसबुके जन्मदिन होला, किनभने नेपाली मिति र अग्रेंजी तारिखमा फरक परेर धेरैको जन्मदिन सहि दिन भन्दा १-२ दिन तलमाथि देखिने गरेको छ, फेसबुकमा । यो उनको तिथि अनुसारको जन्मदिन पनि होईन् । त्यसो भए के हो त असली कुरा ? एकै छिन है, त्यस भन्दा पहिले कुरा गरौं गायक ढकालको उमेरको सम्बन्धमा ।

ढकाल भन्छन् – २०३१ सालमा जन्मिएको ४५ वर्ष पुगेँ । चालिसे त धेरै पहिले भएका हुन उनी । उमेरले परिपक्व बनाउँदै लगे पनि ढकालको जोश,जाँगर अनि सक्रियता बढदो क्रममै छ, रत्तिभर घटेको छैन् । अझ उनका तस्बिरहरू हेर्ने हो भने त उनको उमेर घटदै गए जस्तो पनि लाग्न सक्छ । यसो भन्दा ढकाल मुस्कुराउँछन्, र मात्र धन्यवाद भन्छन् ।

हैन झन – झन पठठो देखिएको छ त भन्दा जो कोहि गमक्क पर्छन्, भित्रभित्रै खुसी हुन्छन् । कसैले यसमा सकारात्मक त, कसैले सामान्य प्रतिकृया जनाउँछन् । रामकृष्ण भन्छन् – बर्थ डे त टिनएजतिरै रमाइलो । यो उमेर बढ्दै गए पछि त बरु बर्थ डे नै नआईदिए हुन्थ्यो जस्तो हुँदो रहेछ। सधैं तरुनो रहने रहर त मानविय कमजोरी नै हो । तैपनि उमेर भन्दा कम देखिने मामिलामा ढकाल भाग्यमानी छन् भने मनले पनि उनी तरुण नै छन् ।

कसरी मनाउनु हुन्छ त जन्मदिन भन्ने प्रश्नमा ढकालको जवाफ छ – टुंगो हुँदैन् , कहिले कहाँ भईन्छ, कहिले कहाँ ? तैपनि साथि- भाइ, सहकर्मी, परिवारका सदस्य अनि प्रशंसकहरुबीच नै हुन्छन् उनी । केक काटेर रमाइलो गर्ने त छदैँछ । उनको सबै जन्मदिन प्रियजनहरुको माया अनि सद्भावआदि ग्रहण गर्दैमा बित्छ, कुनै खास बर्षको जन्म दिन सम्झन चाहँदैनन् उनी ।

अब आउँ असली जन्मदिनको कुरामा । खासमा गायक ढकालको जन्मदिन भदौ ५ गते हो तर चिना हराएर स्कूल आदिमा उनको जन्मदिन साउन ७ गते लेखिन पुग्यो । उनको उमेर सानै थियो कुरा बुझने उमेर थिएन् । उमेर बढेसँगै उनको जन्म मितिमा स्कूलको त्यही मितिले निरन्तरता पाउँदै गयो सबै सरकारी कागजातमा पनि यहि मिति लेखिँदै गयो । यस्तो स्थितिमा एउटा समय कस्तो आउँछ भने उमेर सच्याउन चाहेर पनि नसकिने वा सम्भव नहुने । ढकाल करिब त्यस्तै परस्थितीमा पुगे र यो जन्म मिति सच्याउने झन्झट मा लागेनन् ।

प्रतिक्रिया