आइतबार, पुष ६, २०८२

प्रदेश १, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा, मनसुनी वायुको सामान्य प्रभाव !

नेपालखोज २०७९ असार ९ गते ६:१८

काठमाडौं । प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । हाल प्रदेश १, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, मधेस, वाग्मती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

आज (बिहीबार) दिउँसो प्रदेश १, मधेस, वाग्मती र गण्डकीमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस, वाग्मती र गण्डकीका केही स्थानमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

राति भने प्रदेश १, मधेस, वाग्मती, गण्डकीमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस, वाग्मती र गण्डकीका धेरै स्थानमा साथै लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रदेश १, मधेस, वाग्मती र गण्डकीका केही स्थानमा र कर्णाली र लुम्बिनीका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ । वर्षा नभएका स्थानमा तापक्रम बढ्न सक्ने हुनाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया