आइतबार, पुष ६, २०८२

यी हुन् डीआईजी बढुवामा सिफारिस हुने १७ एसएसपी ! (नामसहित)

नेपालखोज २०७९ असार ९ गते ७:३१

काठमाडौं । नेपाल प्रहरीका १७ एसएसपीको बढुवा भएको छ । बढुवा समितिको बुधबार बसेको बैठकले १७ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल प्रहरीमा डीआईजी बढुवा डेढ महिनादेखि रोकिएको थियो । बढुवाको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर परेका छन् । यसअघि उनी १२औं नम्बरमा थिए । यसअघि दोस्रो नम्बरमा रहेका टेकप्रसाद राई दोस्रो नम्बरमै परेका छन् भने तेस्रो नम्बरमा अशोक सिंहले छलाङ मारेका छन् । सिंह २०औं नम्बरमा थिए ।

यसअघि पहिलो नम्बरमा रहेका सन्दीप भण्डारी सातौं नम्बरमा पुगेका छन् । छैटौं नम्बरमा रहेका दीपक थापा चौथो नम्बरमा तानिएका छन् । बढुवा हुने अन्यमा श्यामलाल ज्ञवाली, किरण वज्राचार्य, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।

प्रतिक्रिया