सुनकाे मूल्य सामान्य बढ्याे
नेपालखोज
२०७९ असार ९ गते १०:४३

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनकाे भाउ बढेकाे छ, भने चाँदीकाे घटेकाे छ । छापावाल सुन आज प्रतितोला २ सयले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको २ सयले बढेकाे छ । आज तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाले घटेको छ । आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया