शुक्रबार, चैत १६, २०८०

अठार हजारभन्दा बढी चिनियाँ प्रहरीको फन्दामा

नेपालखोज २०७९ असार ९ गते १६:४८

वेइजिङ । लागूऔषधसम्बन्धी अपराधमा संलग्न भएको अभियोगमा १८ हजारभन्दा बढी सन्दिग्धलाई पक्राउ गरिएको छ । बितेका पाँच महिनमा उनीहरूलाई पक्राउ गरिएको सार्वजनिक सुरक्षा मन्त्रालयले बताएको हो ।

यो वर्षको पहिलो पाँच महिनामा देशभरबाट सात टनभन्दा बढी लागूऔषध बरामद गरिएको जनाउँदै उक्त मन्त्रालयले लागू औषधविरुद्ध कठोर नीति अवलम्बन गरिएको बताएको छ । लागू पदार्थविरुद्धको देशव्यापी अभियान पनि जारी रहने उक्त मन्त्रालयले जनाएको छ ।

लागू औषध नियन्त्रण विभागका अनुसार बितेका पाँच वर्षमा चार लाख ५१ हजार लागू औषधसम्बन्धी अपराध पर्दाफार भएका छन् भने पाँच लाख ८८ हजार अभियुक्तलाई हिरासतमा लिइएको छ । सोही अवधिमा तीनसय पाँच टन लागू औषध बरामद भएको छ ।

देशको लागूऔषधविरुद्धको अवस्थामा निरन्तर सुधार भइरहेको जनाउँदै सार्वजनिक सुरक्षा मन्त्रालयले लागूऔषध नियन्त्रण प्रणाली र क्षमतालाई पनि आधुनिकीकरण गर्ने थप प्रयास भइरहेका बताएको छ ।

प्रतिक्रिया