बुधबार, वैशाख १२, २०८१

आईएमई जनरल इन्स्योरेन्स र चिरायुबीच सम्झौता

नेपालखोज २०७९ असार ९ गते १७:५०

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्सिच्युटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेसनल हस्पिटलका अपरेसन डाइरेक्टर चण्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमालेखको सीमासम्म चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्सिच्युटबाट नगदरहित हस्पिटलाइजेससन सुविधा प्राप्त गर्न सकिनेछ ।

साथै सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले चिरायुले आफना ग्राहकलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आईजीआई औषधोपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरूलाई औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।

प्रतिक्रिया