शुक्रबार, वैशाख ७, २०८१

सामसङ नेपाललद्वारा ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोनको प्रि–बुकिङ खुल्ला

नेपालखोज २०७७ असोज २२ गते १७:५७

काठमाडौं । नेपालको विश्वासिलो ब्राण्ड सामसङले ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोनको प्रि–बुकिङ नेपाली बजारमा खुल्ला गरेको छ । ग्यालेक्सी जेट फोल्ड २, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याएको हो ।

अविश्वसनीय इन्जिनिएरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ ले मोबाइल अनुभव पूर्णरुपमा बदल्छ । यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो । “सामसङ सदैब सिर्जनशीलताको दायरा बढाउन विश्वास गर्दछ । हामीले ग्यालेक्सी जेट फोल्ड२ सँगै ग्राहकहरुलाई अझै नयाँ, सहज तथा उत्कृष्ट अनुभव प्रदान गर्दै भविष्य तर्फ अझ सशक्त एक कदम अगाडि बढेका छौं । हामी हार्डवेयर तथा ग्राहकहरुको अनुभवलाई परिष्कृत गर्दै मोबाइल डिभाइसको सम्भावनाको नयाँ युगको सुरुवात गर्दछौ ।” सामसङ मोबाइल नेपालका बिजिनेश हेड, प्रणय रत्न स्थापितले बताए ।

“सामसङ ग्यालेक्सी जेट फोल्ड २ नेपालमा पहिलोपल्ट ल्याउन पाउँदा हामी एकदम उत्साहित छौं । हामी सामसङ प्रेमीहरुको व्यग्रतालाई बुझेका छौं । फोल्ड टेक्नोलोजीमा सबैभन्दा एड्भान्स मेकानिज्म भएको सामसङ ग्यालेक्सी जेट फोल्ड २ को लागि वहाँहरुको प्रतिक्षाको घडी, अब सकिएको छ ।” प्रणय रत्न स्थापितले थप बताए ।

नयाँ परिष्कृत डिजाईन:
ग्यालेक्सी जेट फोल्ड २ बोल्ड डिजाइन तथा एड्भान्स इन्जिनियरिङले सजिएको छ । ग्यालेक्सी जेट फोल्ड२, १५.७४ से मी (६.२ इन्च), इनफिनिटि–ओ स्क्रिन कभरको हरेकपल्ट डिभाइस अनफोल्ड
नगरिकन, मेल चेक गर्न तथा आफुलाई मन परेको कन्टेन्ट मज्जाले हेर्न अधिकतम उपयोग गर्न सकिन्छ । जब अनफोल्ड गरिन्छ १९.३० से मी (७.६ इन्च) न्यूनतम बेजलको फाइदा लिन सकिन्छ ।

सोलिड डिजाइन तथा एक्सपर्ट क्राफ्टम्यानसिपः
ग्यालेक्सी जेट फोल्ड२, विशेष तथा परिष्कृट डिजाइनसँगै रि–इन्जिनियरिङ गरिएको छ जसले स्मुथ र हाई एन्ड अनुभव दिन्छ । सामसङ अल्ट्रा–थिन ग्लास मेन स्क्रिनमा राखिएको छ । जसले प्रिमियम तथा परिष्कृट डिस्प्ले अनुभन दिन्छ । यस्को डिजाइन हाइडवे हिन्जले बाँधिएको हुन्छ जुन डिभाइस बडीसँग मज्जाले फिट हुन्छ । सिएएम मेकानिज्म भित्र रहेर यसले न्यु फ्लेक्स अनुभन दिन्छ । ग्यालेक्सी जेट फोल्ड२ मा विशेष स्विपर टेक्नोलोजी प्रयोग गरिएको छ , जसले मोबाइल र हिन्ज हाउजिङको ग्यापको बीचमा धुलो र अनावश्यक पार्टिकल्सलाई हटाउँदछ ।

आफूले चाहेजस्तै गरी प्रयोग गर्न सकिने सुविधाहरुः
कभर र मेन स्क्रीन बीचमा बाउन्ड्री विस्तार गरी विस्तारित क्षेत्रको उपयोगीता प्रदान गर्न यसमा फ्लेक्स मोडलाई फोनसँग पेयर गर्न सकिने सुविधा रहेको छ । यसको सहज एवं फेक्जिविलिटीले गर्दा प्रयोगकर्तालाई सामग्रीहरुको सिर्जना गर्न वा हेर्न थप सहजता प्रदान गर्दछ ।
आवश्यकतालाई सहजै पूरा गर्ने लचिलोपन

यसको फेक्स मोडले गर्दा यस फोनमा रियल टाइममै विषयवस्तुहरु कैद गरी त्यस्ता विषयवस्तुहरुलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । यसको क्याप्चर भ्यू मोडलले तपाइँलाई क्यामरा एप लाई छोड्नु नै पर्दैन । तपाइँले स्पष्टसँग फोटो वा भिडियोहरुको मोस्ट रिसेन्ट पाँच वटा तस्वीर वा भिडियो मेन स्क्रीनको तल पट्टी देखा पर्दछ र अर्को फोटोको प्रिभ्यू टप हाफमा देखा पर्दछ । ग्यालेक्सी जे फोल्ड २ मा ह्याण्डस् फ्रिको अवस्थामा पनि भिडियो रेकर्ड गर्ने सुविधा उपलब्ध रहेको छ र चलिरहेकै अवस्थामा पनि विषय निर्धारण गर्न सकिन्छ ।

सिर्जनशीलताको लागि विशेष सुविधाहरुः
एकै समयमा मेन र कभर स्क्रिनको प्रयोगले ड्युयल प्रिभ्युको सुविधा प्राप्त हुन्छ र दुबै पक्षले क्याप्चर भएको कुरा देख्न सक्नुहुने छ । यसमा उच्चस्तरीय सेल्फी खिच्नको लागि कभर स्क्रीनमा भ्यूफाइन्डरको रुपमा राखिएको छ ।

फ्ल्यागसिप क्यामरा फिचरहरुः
यस फोनमा विशेष तहको फ्ल्यागसिप क्यामरा क्वालिटी एवं कन्ट्रोल सुविधा विद्यमान रहेको छ । यसमा भएका प्रो भिडियो मोड, सिङ्गल टेक, ब्राइट नाइट र नाइट मोड जस्ता सुविधाहरुले ग्यालेक्सी जे फोल्ड २ मा एकदमै उत्कृष्ट फोटो खिच्न सकिन्छ ।
हरेक पलहरुलाई अविस्मरणीय बनाउनुहोस् ।

नेक्स्ट जेनेरेसन मोबाइल ग्यालेक्सी जे फोल्ड २ मा नवीनतम तरिकाबाट प्रयोग भएको मल्टिटास्किङ्ग क्षमतालाई हामी सबैले विशेष धन्यवाद नै दिनु पर्दछ । यस फोनको फोल्डेबल सुविधाले वास्तवमै मेन स्क्रीनलाई टेलरिङ्ग गरी ट्यावलेट आकारको बनाउन सकिने सुविधा प्रदान गर्दछ र प्रयोगकर्ताहरुले यसको भरपूर उपयोग गर्न सक्नेछन् ।

वृहत मल्टिटास्किङ्ग सुविधाः
अझै धेरै सहजता एवं मल्टि टास्किङ्ग सुविधाको लागि एडभान्स मल्टि टास्किङ्ग विन्डोको प्रयोग गर्न सकिन्छ । एउटै एपमा मल्टि फाइलहरु खोलेर एकै पटक हेर्न र कार्य गर्न सकिने सुविधा यसमा रहेको छ । अझै राम्रोसँग सुधारिएको मल्टि टास्किङ्ग टे«मा प्रयोगकर्ताहरुले एकै पटक धेरै एपहरु खोलेर एप पियर तथा एज प्यानलमा एकै पटक इन्ट्रिगेसन गर्न सक्नुहुन्छ । यसमा भएको ड्र्याग एण्ड ड्रप सुविधाले एउटा एपको टेक्स्ट, इमेज, डकुमेन्ट जस्ता विषयवस्तुहरुलाई सहजै अर्को एपमा ट्रान्स्फर गर्न सकिन्छ । त्यस्तै एउटा एपमा स्क्रीन क्याप्चर गरेर त्यसरी क्याप्चर गरिएको इमेजलाई अर्को एपमा स्ल्पीट स्क्रिन क्याप्चरको माध्यमबाट सहजै ट्रान्स्फर गर्न सकिन्छ ।

ग्राहकको प्रवाहलाई निरन्तरता दिन अप्टिमाइज्ड एपको प्रयोगः
मेन स्क्रिनमा आफ्नो आवश्यकता अनुसारका अप्टिमाइज्ड युुआईको छनौट गरेर सहज एवं शीघ्र रुपमा ठूलो स्क्रीन र परम्परागत स्क्रीन बीच परिवर्तन गर्न सकिन्छ ।

अप्टिमाइड एप डिस्प्ले :
दैनिक जीवनका हरेक क्षणहरुलाई अझै बढी सुविधा एवं सहजता प्रदान गर्न र दृश्यावलोकनको अनुभवलाई अझै जीवन्तता दिन र ग्राहकवर्गहरुको मनपर्ने एपहरुको साथ जीमेल, युट्युव जस्ता एपहरु सहज रुपमा राखिएको छ ।

प्रोडक्टिभिटिको अभिवृद्वि :
ग्यालेक्सी जेट फोल्ड२ ४५०० एमएएच ब्याट्री दिनभर टिक्छ र सुपर फास्ट चार्ज हुन्छ । ग्यालेक्सी जेट फोल्ड२ ले वायरलेस सामसुङ डेक्सको सुविधा पनि दिन्छ जसले कामको प्रोडक्टिभिटिको अभिवृद्वि गर्दछ । डिभाइसमा रहेको यूडब्लुबी -अल्ट्रा वाइड ब्यान्ड टेक्नोलोजीले नेयरबाई सेयर मार्फत छिटो र सहज फाइल, फोटो वा भिडियो सेयर गर्न सकिन्छ ।

मूल्य एवम् प्रि–बुक सुविधाहरु:
ग्यालेक्सी जेट फोल्ड २ को मूल्य रु.२४९,९९९ रहेको छ । ग्यालेक्सी जेट फोल्ड२ २०७७ साल असोज १९ गते देखि प्रि बुकका लागि उपलब्ध गरिएको छ । नेपालमा प्रि बुकिङ्ग गर्नुहुने ग्राहकहरुले ग्यालेक्सी जेट फोल्ड २ मिस्टिक ब्याल्क तथा मिस्टिक ब्रोन्ज गरी विभिन्न दुई रंगमा छनौट गर्ने सुविधा प्राप्त गर्नेछन् ।

प्रि– बुक गर्नुहुने ग्राहकले ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाउनेछन । साथै एकपटकको लागि एनएलजी इस्युरेन्समा टुटफुटमा एक वर्षको बीमा सुविधा पनि पाउनेछन् ।

प्रतिक्रिया