शुक्रबार, वैशाख १४, २०८१

चीनका लागि नेपालको राजदूतमा श्रेष्ठ नियुक्त

नेपालखोज २०७९ असार ९ गते १८:४२

काठमाडाैं । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो ।

प्रतिक्रिया