शुक्रबार, वैशाख १४, २०८१

अफगानिस्तानमा हिमपात र चीसो मौसमका कारण १२ जनाको मृत्यु

नेपालखोज २०७९ असार ९ गते २१:३९

अफगानिस्तान । पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले बिहीबार जनाएको छ । चाउके जिल्लाको युगल क्षेत्रमा उक्त प्राकृतिक प्रकोप भएको समाचार एजेन्सीले थप विवरण नदिइकन जनाएको छ ।

नाम नखुलाउने शर्तमा गाउँलेहरूले केही दिनअघि घुमन्ते परिवारले आफ्नो गाईवस्तु चराउन पहाडमा लैजाँदा विपत्ति भएको बताएका छन् । पीडित सबै घुमन्ते परिवारका हुन् । युद्धग्रस्त अफगानिस्तानका केही भागहरू भर्खरै भारी वर्षाका कारण थप चिन्तित बनेका छन् ।

अधिकारीहरुका अनुसार देशभर अचानक आएको बाढीमा परी ज्यान गुमाउँनेको सङ्ख्या बढ्दो छ । मुसलधारे पानी र बाढीका साथै पूर्वी पक्तिका र खोस्त प्रान्तमा बुधबार बिहानै गएको भूकम्पमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ । रासस

प्रतिक्रिया