आइतबार, पुष ६, २०८२

राष्ट्रियसभा बैठक बस्दै

नेपालखोज २०७९ असार १० गते ७:३१
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ । 

प्रतिक्रिया