आइतबार, पुष ६, २०८२

उपत्यकाका हनुमन्ते, मनोहरा, वाग्मती नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन आग्रह

नेपालखोज २०७९ असार १० गते ७:५०

काठमाडाैं ।काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

विभागका अनुसार हनुमन्ते, मनोहरा, वाग्मती र यसका  सहायक नदीमा जलसतह बढिरहेको छ । त्यसैले यी नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेकाे छ ।

प्रतिक्रिया