आइतबार, पुष ६, २०८२

झापामा पूर्वमन्त्री कार्कीको घरअगाडि शंकास्पद वस्तु फेला

नेपालखोज २०७९ असार १० गते ८:३९

काठमाडाैं । प्रदेश नम्बर १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको झापास्थित घर अगाडि सडकमा बमजस्तो वस्तु भेटिएकाे छ ।

आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका–३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पुग्दै छ ।

प्रतिक्रिया