बुधबार, वैशाख १२, २०८१

शिक्षा नै विकासको मेरुदण्ड : शिक्षामन्त्री पौडेल

‘भौतिक समृद्धि पूर्वाधार विकासबाट हुन्छ भने आत्मिक समृद्धि शान्ति, शिक्षा, नैतिकता, अनुशासन र मानवतबाट प्राप्त हुन्छ ।’

नेपालखोज २०७९ असार १० गते १५:४९

भैरहवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकासको मेरुदण्ड भएको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा शुक्रबार उनले राष्ट्र निर्माणमा शिक्षा महत्त्वपूर्ण पाटो भएको बताउँदै शिक्षा नै विकासको मेरुदण्ड भएको बताए ।

बौद्ध विश्वविद्यालय विशिष्टीकृत विश्वविद्यालय भएकाले त्यसको आफ्नै महत्त्व रहेको उनको भनाइ छ । ‘आनन्द हुनु भनेको ज्ञान प्राप्त गरेर बहुत्व प्राप्त गरी आत्मिक एवं भावनात्मक रुपमा सन्तुष्टि हुनु हो,’ उनले भने, ‘भौतिक समृद्धि पूर्वाधार विकासबाट हुन्छ भने आत्मिक समृद्धि शान्ति, शिक्षा, नैतिकता, अनुशासन र मानवतबाट प्राप्त हुन्छ ।’

उनले समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्नेमा जोड दिए । ‘समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्छ,’ मन्त्री पौडेलले भने, ‘नागरिकलाई ज्ञानी बनाउने शिक्षा नै हो ।’ उनले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धका उपदेश र बौद्ध शिक्षालाई जीवनोपयागी बनाउने गरी विश्वविद्यालयलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया