पूर्वमा नेपाल-भारत सीमानाका सिल
नेपालखोज
२०७९ असार १० गते १६:५८

काठमाडौं । नेपाल-भारत पूर्वी सीमानाका ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गर्दै सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
उनले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको बताएका छन् । प्रजिअ रिजालका अनुसार आज (शुक्रबार) बिहान ६ बजेदेखि सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिनेछ ।
विशेषगरी, बिरामी, असहाय र अशक्तलाई नाका वारपार गर्नुपर्ने परेमा दुवैतिरका सुरक्षा निकायको समन्वयमा गरिने उनको भनाइ छ । दार्जिलिङसँगै मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा समेत जिटिएको चुनाव हुने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया