शनिबार, वैशाख १३, २०८२

नाडाले भन्यो- ६/६ महिनामा जाचँपास गर्नुपर्ने नीति खारेज होस्

नेपालखोज २०७९ असार १० गते १७:५८

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्यमार्फत सवारीसाधनहरूको वार्षिक करमा गरेको भारी मात्राको वृद्धि हटाउन माग गरेको छ ।

यस्तै नाडाले ६/६ महिनामा सवारी साधनहरू जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति पनि खारेज गरी पुरानै व्यवस्था कायम गर्न माग गरेको छ ।

नाडाले विगतदेखि नै सम्पूर्ण प्रदेशमा सवारीसाधनको कर समान हुनुपर्ने माग राख्दै आएको छ । सोहीअनुसार केही महिनाअघि मात्रै सातवटै प्रदेशका मन्त्रीहरूको बैठक बसेर सबै प्रदेशमा समान सवारी कर लागु गर्ने सहमतिसमेत भइसकेको थियो । तर सहमतिविपरीत अहिले गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रूपमा भारी मात्रामा सवारी कर वृद्धि गर्नुका साथसाथै ६/६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीतिप्रति विरोध जनाउँदै तत्काल फिर्ता लिन नाडाले माग गरेको हो ।

प्रतिक्रिया