शुक्रबार, वैशाख १४, २०८१

कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

नेपालखोज २०७९ असार १० गते १८:५७

काठमाडौं । कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा संलग्न फरार अभियुक्त काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने २५ वर्षीय बिबेक मल्ललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

मोरङ सुन्दर हरैचा नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–७ कुमारीगाल बस्ने १९ वर्षीय उज्वल काफ्ले २०७७ जेठ २९ गते मृत फेला परेको घटनाको अनुसन्धानको क्रममा मृतकलाई बिबेक मल्लले मेथाडोन नामको औषधि खुवाउँदा मृत्यु भएको थियाे ।

साथै उपत्यकाको विभिन्न ठाउँमा डाँका चोरी मुद्दा फरार भएका मल्ललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका–६ चुहाडबाट पक्राउ गरेको हो । उनलाई थप आवश्यक कानुनी कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रिया