देशभर सामान्यदेखि पूर्ण बदली रहने, प्रदेश १ र गण्डकीमा भारी वर्षा

काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने सुदूरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । साथै देशभर सामान्यदेखि पूर्ण बदली रहेको विभागले उल्लेख गरेकाे छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । साथै प्रदेश १ र गण्डकी प्रदेश एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।








प्रतिक्रिया