अमेरिकाको सर्वोच्च अदालतले गर्याे गर्भपतनसम्बन्धी संवैधानिक अधिकार खारेज
नेपालखोज
२०७९ असार ११ गते ६:२९

काठमाडाैं । अमेरिकाको सर्वोच्च अदालतले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ ।
यससँगै अब अमेरिकामा दशौँ लाख महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउनेछन् । यस आदेशले अब राज्यहरूलाई गर्भपतनलाई गैरकानुनी मान्ने वा त्यसलाई अनुमति दिने विकल्प दिएको छ ।
यो निर्णय सन् १९७३ मा वैध बनाइएको गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका त्यहाँका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीहरूको निम्ति विजयको खबर हो ।
परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको सर्वोच्च अदालतमा उक्त निर्णयको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश थिए । बीबीसी
सम्बन्धित
प्रतिक्रिया