पोखराको सुइँखेत डुबान हुँदा १ सय ५० बढी परिवार विस्थापित
नेपालखोज
२०७९ असार ११ गते ११:४७

पोखरा । अविरल वर्षापछि गएको पहिरोले खोला थुनिँदा पोखराको सुइँखेत डुबानमा परेको छ । डुबानमा परेर १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् ।
सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएपछि सबै घर डुबानमा परेका छन् । डुबानमा परेका सबैलाई अहिले घरबाट निकालेर सुरक्षित ठाउँमा राखिएको छ । खोला थुनिएको ठाउँमा डोजर ल्याएर खोल्ने प्रयास गरिएको छ ।
सुइँखेत डुवानमा पर्दा फार्महरूमा बढी क्षति पुगेको छ । विस्थापित हुनेहरूलाई सुरक्षित ठाउँमा राखिएको र अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन ।
सम्बन्धित
प्रतिक्रिया