एसीसी महिला क्रिकेटको उपाधि यूएईलाई
नेपालखोज
२०७९ असार ११ गते १५:१६

काठमाडौं । मलेसियामा सम्पन्न फाइनल प्रतियोगितामा एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईले हात पारेको छ । घरेलु टोलीलाई ५ विकेटले हराउँदै शनिबार यूएईले उपाधि कब्जा गर्न सफल भएको हो ।
पहिले ब्याटिङ गरेको मलेसियाले जितका लागि दिएको १ सय १ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको यूएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएपछि जित सुनिश्चित भएको हो । शुक्रबार भएको भएको सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसिया फाइनलमा पुगेको थियो ।
त्यस्तै पहिलो सेमिफाइनलमा यूएई समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । वर्षा बाधक हुँदा नेपाल बाहिरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया