शुक्रबार, वैशाख १४, २०८१

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो, ग्यासको भाउ यथावत् !

नेपालखोज २०७९ असार ११ गते १७:०६

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।

आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण भएको छ भने डिजेल-मट्टितेलको १६३ कायम भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । एलपी ग्यास र हवाई इन्धन (आन्तरिक तथा बाह्य) को खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

घटेको मूल्य आजै राति १२ बजेदेखि लागु हुने पनि निगमले जनाएको छ । शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।

प्रतिक्रिया