अब ललितपुर महानगरमा पानीपुरी र चटपटे बेच्न नपाइने !

काठमाडौं । ललितपुर महानगरपालिकाले पानीपुरी र चटपटे बेच्नमा रोक लगाएको छ । काठमाडौंमा हैजाको संक्रमण देखिन थालेपछि महानगरपालिकाले ठेलामा पानीपुरी बिक्रीमा रोक लगाउने निर्णय गरेको हो ।
पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै मेयर चिरिबाबु महर्जनले महानरभित्र ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

ललितपुर महानगरपालिकाभर भोलि (सोमबार) देखि ठेलामा पानीपुरी बेच्न रोक लगाइनेछ । आज आइतबार भने ठेलामा पानीपुरी बेच्ने व्यवसायीहरुलाई माइकमार्फत जानकारी गराइने र भोलिदेखि पूर्ण रुपमा बेच्न प्रतिबन्ध लगाइने महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूको भनाइ छ ।
‘हामी आज महानगरभित्रका हरेक सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी बेच्न रोक लगाएका छौं,’ हाछेथूले भने, ‘भोलिदेखि पनि कसैले सडकमा पानीपुरी, चटपटे बिक्री गरिएको पाइए नियन्त्रणमा लिनेछौं ।’
प्रतिक्रिया