बिहीबार, वैशाख १३, २०८१

बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ११ पैसा

नेपालखोज २०७९ असार १३ गते ८:३२

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएकाे छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ११ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ १४ पैसा र बिक्री दर ३४ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ २५ पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ ३० पैसा रहेकाे छ । साथै साउदी रियाल एककाे खरिददर ३३ रूपैयाँ ३३ पैसा रहेकाे छ भने बिक्रीदर ३३ रूपैयाँ ४९ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

प्रतिक्रिया