सुनचाँदीको मूल्य बढ्यो
नेपालखोज
२०७९ असार १३ गते ११:०८

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले बढेर आज प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया