शुक्रबार, पुष ४, २०८२

स्माटच्वाइस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच सम्झौता

नेपालखोज २०७९ असार १३ गते १२:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रिय स्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडबीच एससीटी–यूपीआई डेबिट कार्डमार्फत भुक्तानी सेवा प्रदान गर्न सम्झौता सम्पन्न भएको छ ।

स्मार्टच्वाइसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र गरिमाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरूप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस र गरिमाको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

सम्झौतापश्चात स्मार्टच्वाइस र गरिमाबीच एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ । साथै, एससीटी सन्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस, ई–कमर्सजस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

प्रतिक्रिया