सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौता
नेपालखोज
२०७९ असार १३ गते १३:४०

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आपसमा मर्जरमा जाने सम्झौता भएको छ ।
सम्झौतापत्रमा सूर्या लाइफको तर्फबाट सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट सञ्चालक समिति अध्यक्ष नन्दकिशोर शर्माले हस्ताक्षर गरेका हुन् ।
मर्जरका लागि सम्झौता गरे पनि सेयर मिलान अनुपात (स्वाप रेसियो) तय नगरेको कम्पनीले मर्जरसम्बन्धी सैद्धान्तिक सहमतिमा बिमा समितिबाट स्वीकृति पाएसँगै सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) तयार गर्ने जानकारी दिएको छ । सोपश्चात मात्र कम्पनीले मर्जरका लागि स्वाप रेसियो निर्धारण गर्नेछ ।
सम्बन्धित








प्रतिक्रिया