मंगलबार, चैत ६, २०८०

नेपाल चलचित्र संघको वितरण सभापतिमा गोविन्द शाही मनोनीत

नेपालखोज २०७९ असार १३ गते २०:४३

काठमाडौं । चलचित्र निर्माता, वितरक तथा कलाकार गोविन्द शाही नेपाल चलचित्र संघको वितरण सभापतिमा मनोनीत भएका छन् । संघको सोमबार बसेको कार्यसमितिको प्रथम बैठकबाट शाही वितरण सभापतिमा मनोनीत भएका हुन् ।

गत जेठ १९ गते काठमाडौंमा सम्पन्न नेपाल चलचित्र संघको ४७औं वार्षिक साधारणसभाबाट वीरेन्द्रनारायण श्रेष्ठको अध्यक्षमा निर्विरोध रूपमा कार्यसमिति गठन भएको थियो । सोही कार्यसमितिको बैठकले सोमबार विभिन्न समिति गठन गरेको हो ।

प्रतिक्रिया