मंगलबार, वैशाख ४, २०८१

हटेन बोक्सी प्रथा, मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

नेपालखोज २०७९ असार १४ गते १०:३०

सिरहा । विभिन्न सचेतनामूलक कार्यक्रम गर्दा पनि देशमा अन्धविश्वास हट्न सकेको छैन । अझै देशमा बोक्सी प्रथाको कुरिती कायमै छ । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका ४, ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ ।

गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दत्र्ता गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक साहले बताए ।

प्रतिक्रिया