बिहीबार, पुष ३, २०८२

ई-सेवाबाट मनकामना केबलकारको टिकट काट्दा हीराको हार

नेपालखोज २०७९ असार १४ गते १९:२७

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई-सेवाले मनकामना केबलकारको टिकट काट्दा हीराको हारलगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ ।

यस योजनाअन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हीराको हार, एकजनाले आइफोन १३, एकजनाले स्मार्ट टीभी र एकजनाले वासिङ मेसिन जित्न सकिनेछ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता चारजनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

विजेताहरू गोलाप्रथामार्फत चयन गरिनेछ । यस योजनामा ई-सेवामार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन ई-सेवामा भेरिफाइ (प्रमाणित) भएको हुनुपर्नेछ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्न ई-सेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।

ई-सेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

ई-सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल-कलेजको शुल्कलगायत सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । ई-सेवामा हाल ५२ बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया