शनिबार, वैशाख १५, २०८१

सुनकाे मूल्य सामान्य बढ्याे

नेपालखोज २०७९ असार १५ गते ११:१६

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनकाे भाउ बढेकाे छ भने चाँदीका भाउ घटेकाे छ । छापावाल सुन प्रतितोला १ बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ १ सयले बढेकाे छ । आज प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेेकाे छ । चाँदी आज प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया