एमालेभित्र ओली नहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डोर्याउन सकिन्छ : प्रचण्ड
नेपालखोज
२०७९ असार १५ गते १२:०२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेभित्र केपी ओली नहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डोर्याउन सकिने बताएका छन ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले तीन वर्षसँगै रहँदा आफूहरुले नेकपा एमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताए । प्रचण्डले सबै माओवादीबीच एकता आवश्यक रहेको पनि बताए ।
एमाले भित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लैजान सकिने अनुभव पनि आफूले प्राप्त गरेको उनले बताए ।
सम्बन्धित








प्रतिक्रिया