बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बबिता पौडेल पक्राउ
नेपालखोज
२०७९ असार १५ गते २३:५९

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका २ बस्ने चितवन शिवनगर घर भएकी ४१ वर्षीया बबिता पन्त पौडेललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७१ माघ २९ गतेको फैसलाले १ महिना कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।
पौडेलले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी-जानी अनुचित लाभ लिई कर्जा दिई बैंकिङ स्रोत, साधन र सम्पत्तिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया