सुनचाँदीको मूल्य घट्याे
नेपालखोज
२०७९ असार १६ गते ११:३२

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ३ सयले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार पनि छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ ३ सयले घटेकाे छ । आज प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित








प्रतिक्रिया