बुधबार, पुष २, २०८२

ओरेकले गर्‍यो महिला हिंसा तथ्यांक सार्वजनिक, सबैभन्दा बढी पतिबाटै पीडित

नेपालखोज २०७९ असार १६ गते ११:५८


काठमाडौं । सामाजिक लैंगिक विभेद तथा अन्याय कायमै रहँदा जेठ महिनामा ३७ किशोरी तथा महिला विभिन्न स्रोत-साधनको उपभोगबाट वञ्चित देखिएका छन् ।

महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ओरेक नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत महिना मात्रै २०० वटा लैंगिक विभेदमा आधारित हिंसाको तथ्यांक अभिलेखीकरण भएको जनाएको छ ।

यो तथ्यांकलाई आधार मान्ने हो भने घरभित्रै महिला, बालिका अझ बढी असुरक्षित र हिंसाको जोखिममा रहेको देखाएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसाका विभिन्न १३ शीर्षकमा गरिएको अध्ययनमा घरेलु हिंसा ५० प्रतिशत हुने देखिएको छ । यस्तै दोस्रोमा सामाजिक हिंसा ९ प्रतिशत रहेको छ भने यौन दुर्व्यवहार १० प्रतिशत रहेको देखाइएको छ । अन्य १० प्रतिशतभन्दा कम रहेका छन् ।

यस्तै हिंसाकै अर्को विशिष्ट रुप स्रोत-साधनको पहुँचबाट वञ्चितीकरणको अवस्था छ । जसअन्तर्गत खान, लाउन नदिने किसिमको हिंसा ४६ प्रतिशत छ । यस शीर्षकमा अन्य रुपका हिंसा भने १० प्रतिशतभन्दा कम छन् ।

यस्तै विभिन्न किसिमका हिंसापीडित सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेर समूहका छन् । भने ४५ वर्षमाथिका महिलामा भने तुलनात्मक कम ७ प्रतिशत मात्रै हिंसा हुने देखिएको छ ।

यस्तै हिंसा गर्ने व्यक्ति ८६ प्रतिशत आफ्नै श्रीमान् रहेका छन् भने १४ प्रतिशत परिवारका सदस्यबाट प्रताडित छन् ।

प्रतिक्रिया