कुमारी जबले गर्यो ‘प्रोफेसनल एचआर ट्रेनिङ’

काठमाडौं । कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तित्वद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो । विभिन्न संघ–संस्थामा कार्यरत अनुभवी व्यक्तित्वदेखि मानव संसाधनका क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिको सहभागिता रहेको प्रशिक्षण २४ दिनसम्म सञ्चालन भएको थियो ।
शेर्पा हस्पिटालिटी ग्रुपका एचआर भाइस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एन्ड एडमिनिस्ट्रेसन हेड नेहा जोशी, माछापुच्छ्रे बैंक लिमिटेडका ऋचा पाण्डे र एशियन पेन्ट्सका सुधीर ढुंगेललगायत अन्य प्रतिष्ठित संस्थानका अनुभवी व्यक्तित्वहरूद्वारा प्रशिक्षण प्रदान गरिएको थियो ।
कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘नेपालको मानव संसाधन क्षेत्रमै हामीले नयाँ प्रयोग गरेर प्रशिक्षण सञ्चालन गरेका छाँै र पहिलो सत्रमै यस्तो उत्साहजनक सहभागिता देखेर मलाई खुसी लागेको छ । मलाई आशा छ कि यस तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीले अझै धेरै काम लाग्ने कुरा सिक्नुभएको छ, जुन उहाँहरूले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ । यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर–व्यक्तिगत सीप मात्र विकास नगरी संगठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।’
एक संस्थानको हैसियतमा आफ्नो कर्मचारीलाई कसरी राम्रो सेवा–सुविधा दिन सकिन्छ र कर्मचारीहरूबाट पनि कसरी संस्थाले फाइदा लिन सक्छ भन्ने उद्देश्यले प्रशिक्षणमा सहभागी भएको सहभागीहरूको भनाइ छ । प्रशिक्षण अन्तर्क्रियामूलक, जानकारीमूलक र रमाइलो भएको उनीहरूको प्रतिक्रिया थियो ।
तालिमको पहिलो ब्याचको बृहत सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ ।








प्रतिक्रिया