बुधबार, वैशाख १२, २०८१

स्टार्टअप वर्ल्डकप नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते

नेपालखोज २०७९ असार १७ गते ११:५७

काठमाडौं । स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते (जुलाई ६ मा) हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिस्पर्धा नेपालमा पहिलोपटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वर्ल्डकप नेपालको पार्टनर स्टार्ट अप हब नेपालले जनाएको छ ।

गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लकडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा अनलाइन गरिएको थियो । प्रतिस्पर्धाको फाइनलमा पुगेका बिभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएका छन् । फाइनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना क्यालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाईनलमा सहभागी हुन पाउने छन् ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्ड रेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत वर्ल्डकप नेपालमा भित्र्याएको हो ।

स्टार्टअप वर्ल्डकपको नेपाल रिजनल कम्पिटिसनलाई सीईओ क्लब ग्लोबलले टाईटल स्पोन्सर गरेको छ भने एन आईसी एसिया बैंकले इन्नभेटिभ बैंकिङ पार्टनरका रुपमा प्रायोजन गरेको छ ।

प्रतिक्रिया