क्यानडामा २७८ जना मंकीपक्सका बिरामी
नेपालखोज
२०७९ असार १७ गते १५:००

ओटावा । क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मंकीपक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छन् ।
ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू दर्ता भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छन् ।
मंकीपक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने बताइएको छ । उनले भनिन्- जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छन् ।
ट्यामका अनुसार अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९ उमेर समूह भित्रका छन् । यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जंगली भागहरूमा पाइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया