चाैबीस घण्टामा ५० काेराेना संक्रमित थपिए, १८ जना डिस्चार्ज
नेपालखोज
२०७९ असार १७ गते १६:०६

काठमाडाैं । देशभर पछिल्लो चाैबीस घण्टामा ५० जना काेभिड–१९ संक्रमित थपिएका छन् । १ हजार ४६७ जनामा गरिएकाे पीसीआर परीक्षणबाट ३५ र १ हजार ३४७ जनामा गरिएकाे एन्टिजेन परीक्षणबाट १५ जना गरी जम्मा ५० जनामा संक्रमण पुष्टि भएकाे हाे ।
त्यस्तै आज १८ जना संक्रमणमुक्त भएका छन् । याेसँगै आजसम्म सक्रिय संक्रमितकाे संख्या २९७ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ लाख ८७ हजार ८६ जनाले काेभिड–१९ विरुद्धको खाेप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया