शनिबार, वैशाख १५, २०८१

महिला साफ नेपालमा गर्न प्रस्ताव

नेपालखोज २०७९ असार १७ गते १६:३०

काठमाडाैं । अखिल नेपाल फुटबल संघका महासचिव किराण राईको नेतृत्वमा ढाका पुगेको टोलीले साफको महासचिवसँग भेट गरेको छ ।

नेपाली टोलीले ढाकामा रहेको साफ मुख्यालयमा शुक्रबार साफ महासचिवसँग भेट गरेको जनाएको छ । नेपाली टोलीमा एन्फा महासचिव किरण राई एन्फा सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी रहेका छन् ।

एन्फा महासचिव राईले यही अगष्ट २९ देखि सेप्टेम्बर १० गतेसम्म महिला साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव गरेको जनाएको छ ।

प्रतिक्रिया