माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा, शाखा सञ्जाल १६५ पुग्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले वाग्मती प्रदेशको धादिङ सिथत सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको समुदघाटन गरेको हो ।
१६५औं उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य एंव माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्तरुपमा समुद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालको पनि उपस्थिती रहेको थियो । धादिङ जिल्लामा खोलिएको नयाँ शाखासँगै यस जिल्लामा मात्रै बैंकका चारवटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।
नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटिएम सेवा पनि उपलब्ध गराउँदै आएको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएममार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।








प्रतिक्रिया