बुधबार, पुष २, २०८२

अमेरिकाका लागि आवासीय राजदूतमा खत्री, बहराइनमा भण्डारी

नेपालखोज २०७९ असार १७ गते १८:५७

काठमाडाैं । बहराइनका लागि नेपाली राजदूतमा तीर्थराज वाग्ले नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा वाग्लेलाई राजदूत नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।

त्यसैगरी, अमेरिकाका लागि आवासीय राजदूत श्रीधर खत्रीलाई मेक्सिकोको लागि नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया