शुक्रबार, वैशाख ७, २०८१

‘नागरिकको विवरण प्रभावकारी बनाऔं, कानुनी अधिकार स्थापित गराैं ’

नेपालखोज २०७९ असार १८ गते १५:४१

रुपन्दही । गृहमन्त्री बालकृष्ण खाणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा आज आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा उनले व्यक्तिगत घटना सङ्क लन, भण्डारण र वितरणको काम प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणले नागरिकको सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको भएको र विवरण सही नहुँदा सामाजिक सुरक्षाबाट नागरिक बञ्चित हुनसक्ने भएकाले सचेत हुन सम्बद्ध पक्षलाई आग्रह गरे । उनले भन्, ‘ज्येष्ठ नागरिक, दलित, अपाङ्ग, लोपोन्मुख, एकल महिला र दलित तथा पिछडिएका क्षेत्रका बालबालिकालगायत उच्च जोखिममा रहनसक्ने समूहलाई लक्ष गरी सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाटै सही नागरिकको विवरण सङ्कलनमा ध्यान दिनुपर्छ ।’

विभागले व्यक्तिगत घटना दर्ताका साथै सामाजिक सुरक्षाअन्तर्गत ‘नगद प्रवाह’ र व्यक्तिको डिजिटल पहिचान स्थापना गर्ने बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ ।

प्रतिक्रिया