शुक्रबार, चैत १६, २०८०

विमला वली प्रकरण : लेनदेनका कारण घटना घटेको निष्कर्ष

नेपालखोज २०७९ असार १८ गते १८:०३

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले आवेगमा माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले जनाएकाे छ । प्रतिवदनमा विमला र एकराज बीचको लेनदेनका कारणले घटना घटेको निष्कर्ष निकालेको हाे ।

एउटै राजनीति दलका दुई व्यक्ति विभिन्न कार्यक्रम सहकार्य गर्दा सापटी रकम दिएर फिर्ता नहुँदा घटना भएको छानबिन समितिले ठहर गरेकाे हाे ।

छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै वलीले विवादित व्यक्तिको घरमा गएर पदीय मर्यादा विपरीत आवेगात्मक कमजोरी गरेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।

प्रतिक्रिया