मेसेजिङ एपमार्फत दर्शक जोड्दै बेरिना तनोभिक, एसिया पेसेफिकका लागि पार्टनरसिप मेनेजर

काठमाडाैं । हालै गरिएको एक अध्ययनअनुसार ९२ प्रतिशत मानिसहरूले आफ्नो फोनमार्फत इन्टरनेट प्रयोग गर्ने पाइएको छ । पहिलेको तुलनामा ग्राहकहरूले मोबाइल उपकरणमा बढी इन्टरनेट सर्फ गर्ने पाइएको छ । सामान्यतः इन्टरनेट चलाउने क्रममा उनीहरू विभिन्न च्यानलमा स्विच गरिरहन्छन् । मोबाइलबाट सुरु गरे पनि थप खोज र अध्ययन गर्न उनीहरू डेस्कटप र कम्प्यूटरमा स्विच गर्ने गर्छन् ।
अथवा, उनीहरूले टिभीमा कुनै विज्ञापन हेरेपछि त्यसबारे थप जान्न वेबसाइटमा जाने गर्छन्। अन्ततः मानिसहरू पहिलेभन्दा धेरै टच्प्वाँइन्टको साथ अन्तर्क्रिया गर्ने गर्छन् । वेबसाइट र एपको अतिरिक्त, उनीहरू सामाजिक सञ्जाल, च्याटबट, र भ्वाइस असिसेटेण्टमार्फत् पनि अन्तरक्रिया गरिरहेका हुन्छन् ।
खरिदको यस नयाँ बाटो बुझ्न र ट्र्याक गर्न अप्ठयारो हुन सक्छ । यद्यपि, खरिद निर्णयलाई प्रभाव पार्न सक्ने टचप्वाँइन्टलाई पहिचान गर्न र मार्केटिङ यात्रालाई मापन गर्नका नाम्ति पनि मार्केटरहरूका लागि यो अत्यन्त आवश्यक छ ।
कस्टमर जर्नीको सबै चरणहरूमा आफ्ना दर्शकहरूसँग जोडिनका लागि व्यवसायहरूले मेसेजिङ एपहरू प्रयोग गर्न सक्ने चार तरिकाहरू यस्ता छन् ।
१ नयाँ दर्शकसम्म पुग्नुहोस्
नयाँ दर्शकहरूका साथ जोडिन मेसेजिङ एपहरूसँग धेरै तरिकाहरू छन् । उदाहरणका लागि, रुचि, लोकेशन, लिङ्ग र उमेरको आधारमा प्रयोगकर्ताहरूको विशेष समूहलाई लक्षित गरी विज्ञापन गर्दा आउने समस्या समाधान गर्न भाइबरले मद्दत गर्छ । व्यापारिक मेसेजहरू ब्राण्डहरूका लागि हुन् जसको आफ्नै ग्राहक डेटा हुन्छ र ब्राण्डबारे सचेतना निर्माण गर्नका लागि ब्राण्डहरूले समाचार, उत्पादन अपडेटहरू, विशेष प्रस्तावहरू, नयाँ सुविधाहरू वा आफ्ना गतिविधिहरूको बारेमा आफ्ना अवस्थित र सम्भावित ग्राहकहरूलाई जानकारी दिनका लागि साझा गर्न सक्छन् ।साथै, मेसेजिङ एपहरूको अनुप्रयोग गरी अन्य ब्राण्डहरूसँग सह(प्रमोशनहरू गर्दा पनि प्रभावकारी हुनसक्छ ।
२. आफ्ना ग्राहकहरूसँग इङ्गेज हुनुहोस्
मेसेञ्जरहरूले व्यवसायहरूलाई विभिन्न तरिकाबाट आफ्ना दर्शकहरूसँग संलग्न हुने अवसरहरू प्रदान गर्छन् । ब्राण्डहरू एकएक ग्राहकसम्म वान/टू/वान पर्सनलाइज्ड मेसेजका साथ पुग्न सक्छन् । भाइबरजस्ता केही मेसेञ्जरहरूले वृहत मिडिया सम्भावना बोकेका हुन्छन् र, मार्केटहरूले दृश्यात्मक रूपमा थप आकर्षित गर्न आफ्ना दर्शकहरूसँग तस्विर, भिडियो र इमोजीजस्ता सामाग्रीहरू साझा गर्न सक्छन् ।
आफ्नो प्रत्यक्षता अझ प्रभाकारी ढङ्गमा प्रस्तुत गर्न सृजनात्मक स्टिकरहरू र ब्राण्डेड एआर लेन्सहरू थप उपयोगी उपकरणहरू हुन् र भाइरल हिट हुने अन्तरक्रियात्मक सोल्यूशनको अनुप्रयोगबाट अवस्थित र सम्भावनात्मक ग्राहकहरूका साथ संलग्नता बढाउन सकिन्छ । तपाईँको बट छलफलमा संलग्न हुन र उनीहरूलाई अनुकूलन प्रस्तावहरूको साथ लक्षित गर्न च्याटबटहरूले तपाईँको ब्राण्डलाई मेसेज अनुप्रयोगमा नयाँ र अवस्थित श्रोताहरू पहिचान गर्न मद्दत गर्न सक्छ ।

भाइबरमा अन्तरक्रियात्मक बिजनेस मेसेजहरू र च्याटबटहरूको उदाहरणहरू
३. आफ्ना ग्राहकहरूलाई सहायता गर्नुहोस्
तपाईँका ग्राहकहरूलाई उपयोगी जानकारीका प्रदान गर्नका लागि मेसेजिङ एपहरू विशिष्ट उपकरणहरू हुन् । उदाहरणका लागि, भाइबर बिजनेस मेसेजका साथ, कम्पनीहरूले अप्वाइण्टमेण्ट रिमाइण्डर वा शिपिङ्ग अपडेट, र ‘कन्भर्शेसनल क्यापाबिलिटी’ मार्फत् ‘रियलटाइम कस्टमर सपोर्ट’ जस्ता ‘ट्राञ्जिशनल मेसेजहरू’ सजिलै पठाउन सक्दछन् । र, च्याटबटका साथ, ब्राण्डहरूले ग्राहकहरूको प्रश्नको जवाफ, जानकारी उपलब्ध गराउँदै र होटल रुम बुक गर्ने वा खानेकुरा अर्डर लिन र सामानहरू बिक्री गर्ने सेवासमेत सञ्चालन गर्न सक्छन् ।
४. आफ्नो सफलताको मापन गर्नुहोस्
सीटीआर, डेलिभर भएका मेसेजहरू, पठाइएका मेसजहरूका ‘कि मेट्रिक्स’ ट्रर्याक गर्नुहोस् र तपाईँको कार्य सम्पादनलाई समयको अन्तरालमा समिक्षा गर्न मद्दत गर्ने विस्तृत रिपोर्ट तयार पार्नुहोस् ।

यदी तपाईँलाई ‘कस्टमर जर्नी’ को परम्परागत मार्केटिङ परिभाषासँग बानी परेको छ भने सम्भवतः तपाईँको ब्राण्डबारे अनजान ग्राहकहरूलाई कसरी इमान्दार ग्राहक बनाउनेसम्मका प्रक्रिया सोच्दै हुनुहुन्छ होला । तर जसरी समय र प्रविधि बद्लिन्छन त्यसैगरी मानिसहरूले ब्राण्डसँग जोडिन नयाँ बाटोहरू पहिल्याउँछन् । ‘डिस्कभर’ गर्नेदेखि अन्तरक्रिया गर्नेसम्म आफ्ना दर्शकहरूसँग जोडिनका लागि मेसेजिङ एपहरू धेरै नै उपयोगी रहिआएका छन् । पाठ्यपुस्तक परिभाषामा तिनीहरूको केही भूमिका यहाँ हरौँ ।
सचेतना
तपाईँको ब्राण्डबारे थाहा नभएका सम्भावित ग्राहकहरूसम्म पुग्न भाइबर प्रयोग गर्नुहोस् । तपाईँले यो कुरा च्याटबट प्रयोग गरी वा विज्ञापमार्फत् गर्नु सक्नुहुन्छ ।
मनन
तपाईँको ब्राण्डबारे कोही अभिज्ञ भइसकेपछि अब तपाईँको काम भनेको तपाईँको अफरबारे उनीहरूको रुचि जगाउनु हो । तपाईँ बिजनेस मेसेज र च्याटबटको प्रयोग गर्नु सक्नुहुन्छ जसले तपाईँलाई प्रतियोगिता र ‘गिभअवे’ जस्ता सेसनहरू आयोजना गर्नमा मद्दत गर्छन् ।
निर्णय
तपाईँको अफरमा रुचि जगाइसकेपछि अब ग्राहकहरूको खरिद गर्ने पालो हो । विशेष सम्झौता र छुटहरू प्रस्ताव गर्न बिजनेस मेसेजहरू र च्याटबटहरू प्रयोग गर्नुहोस्। तपाईँले उत्पादनहरू अपसेल र क्रस(सेल गर्न मेसेजिङ एप पनि प्रयोग गर्न सक्नुहुन्छ ।
इमानदारीता
एक पटक कसैले तपाईँबाट खरिद गरिसकेपश्चात, उनीहरूलाई तपाईँको ग्राहक बनाइराख्न आवश्यक छ । उनीहरूलाई ‘लोयलटी कुपन’ र पुरस्कार पठाउन भाइबरजस्स्ता मेसेजिङ एपको प्रयोग गर्नुहोस् । उनीहरूलाई तपाईँको आवश्यक्ता परेको बेला ‘रियल टाइम कस्टमर सपोर्ट’ प्रदान गर्न वा सल्लाह(सुझाब लिन तपाईँ बिजनेस मेसेज र च्याटबट प्रयोग गर्न सक्नुहुन्छ ।
निष्कर्ष
कस्टमर जर्नीको सबै चरणहरूमा आफ्ना दर्शकहरूसँग जोडिन मेसेजिङ एपको प्रयोग गरी तपाईँ तपाईँको ग्राहकहरूका लागि सबैभन्दा राम्रो सम्भावित अनुभव प्रदान गर्दै हुनुहुन्छ भनेर सुनिश्चित गर्न सक्नुहुन्छ। रुपान्तरण र दुई पक्षीय कम्यूनिकेशनको सम्भावनादेखि ब्राण्ड सचेतनासम्म मेसेञ्जरले बिजनेसलाई आफ्ना ग्राहकहरूसँग विशेष रूपमा सम्बन्ध बनाइराख्न मद्दत गर्छ ।
हामी डिजिटल दुनियाँतर्फ बढ्ने क्रममा ‘कस्टमर जर्नी’ पनि लगातार परिवर्तन भइरहेको छ । त्यसैले आजको दिनमा कम्पनीहरूलाई सदैब एक कदम अगाडि रहन र उनीहरूका लक्षित दर्शकहरूले ब्राण्डसँग कसरी अन्तरक्रिया गरिरहेका छन् भनी बुझ्न आवाश्यक छ । ‘कस्टमर जर्नी’बारे जानकारी राख्दा, समग्रमा बिजनेसहरूले आफ्ना ग्राहकहरूलाई परिस्कृत सेवा दिँदै आफ्ना उपभोक्ताहरूमाझ इमान्दारिता स्थापित गर्न सक्छन् ।
मेसेजिङ एपहरूले व्यवसायहरूलाई नयाँ ग्राहकहरूलाई आकर्षित गर्न, संलग्नता बढाउन र सफलता मापन गर्नका लागि विस्तृत समाधानहरू प्रदान गर्ने हुनाले, मार्केटिङ अभियानहरूका लागि तिनीहरूको शक्तिको सदुपयोग गर्नु आजको सबैभन्दा बुद्धिमानीपूर्ण विकल्पहरू मध्ये एक हो ।








प्रतिक्रिया