बिहीबार, पुष ३, २०८२

विनोद शाही मृत्यु प्रकरण : पञ्चदेवल विनायक नगरपालिकाकी मेयर चलाउने पक्राउ

नेपालखोज २०७९ असार १९ गते १५:५३

काठमाडाैं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय किशोर विनोद शाही मृत फेलापरेको प्रकरणमा मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् ।

नगरपालिका वडा नम्बर ४ बस्ने किशोरविनोद शाहीको मृत्यु प्रकरणको अनुसन्धान गर्न नगर प्रमुख चलाउने सहित थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीसहित सातजना प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । पीडित पक्षले हत्या गरेको आरोप लगाउँदै मेयर चलाउने सहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

प्रतिक्रिया