मंगलबार, पुष १, २०८२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी लामा पक्राउ

नेपालखोज २०७९ असार १९ गते १९:२६

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वसन्त मोक्तान भन्ने नोर्साङ लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी लामालाई आईतबार नयाँ बानेश्वरबाट पक्राउ गरेको जानकारी दिएको छ ।

यम बहादुर खत्रीको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सिन्धुपाल्चोकको सुनखानी गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका ३४ बर्षिय मोक्तानलाई पक्राउ गरी आइतबार नैं थप अनुसन्धान तथा कारवाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका मोक्तान बिरुद्ध पाँच लाख रुपैंयाँ बिगो कायम रहेको छ ।

प्रतिक्रिया