मंगलबार, पुष १, २०८२

ज्योति विकास बैंकको ज्योति रिकरिङ खाता सञ्चालनमा

नेपालखोज २०७९ असार १९ गते १९:३०

काठमाडौं । ज्योति विकास बैंकले ज्योति रिकरिङ डिपोजिट निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदरसहितको ज्योति रिकरिङ खाता सञ्चालनमा ल्याइएको हो ।

उक्त योजनाअन्तर्गत ग्राहकले आवश्यकताअनुसार एक वर्षदेखि १० वर्षसम्मका लागि मासिक रूपमा रकम जम्मा गर्न सक्नेछन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिक रुपमा न्यूनतम पाँच सय रुपैयाँका दरले क्रमिक रूपमा रकम जम्मा गर्दै जान सकिनेछ ।

नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, साना उद्यमी व्यवसायी, निश्चित आम्दानी भएका कृषक, रेमिटान्स प्राप्त गर्ने ग्राहक, नवविवाहित दम्पति, युवा–युवती, अभिभावकले भविष्यमा एकमुष्ट रकम प्राप्त गर्न मासिक रूपमा चाहेको निश्चित रकम नियमित रूपमा जम्मा गरि तोकिएको समय व्यतित भएपश्चात् एकमुस्ट भुक्तानी लिन सक्नेछन् । साथै, आवश्यक परेको खण्डमा मौज्दातको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ ।

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकको आवश्यकता र माग अनुसरण गर्दै नवीनतम सुविधाहरू ल्याई कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ । बैंकले हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया